दोलखा । भीमेश्वर नगरपालिका वडा नं ४ को वडाध्यक्ष पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेता विष्णु श्रेष्ठ उम्मेदवारी दिएका छन् ।

विगत लामो समयदेखी राष्ट्रिय प्रजातन्त्र पार्टी आवद्ध हुँदै आएका नेता विष्णु श्रेष्ठ विगत श्री सर्ब माद्यामिक बिद्यालयको अध्यक्ष पदमा आवद्ध रहनु भयका र हाल दोलखा चेम्बर अफ कमर्स मा अध्यक्ष पदमा आबद्ध हुनुहुन्छ ।

गत स्थानीय निर्वाचनमा निर्वाचित हुनु भएका अन्य राजनितिक दलका जनप्रतिनिधिले आफ्नो वडामा सोचेअनुरुपको काम नगरेकोमा असन्तुष्टी जनाउँदै यस बर्षको निर्वाचनमा आफुु वडाको अध्यक्ष भएमा भि न पा ४ नं वडालाई भीमेश्वर नगरकै सबै भन्दा राम्रो वडा बनाएर देखाउने श्रेष्ठ को भनाई छ ।

वडाको विकासका लागि स्थानीय तहबाट मात्र नभएर प्रदेश तहबाट पनि बजेटको व्यवस्था गरेर वडाको विकास गर्ने नेता श्रेष्ठको भावी योजना रहेको छ । स्थानीय हरेक जात-जाति भाषा समुहले मन पराएका एक मात्र नेताका रुपमा नेता श्रेष्ठ हेर्ने गरिएको छ ।

आफू वडाध्यक्ष भएर वडाको मुहार फेरि दिने र शिक्षा, स्वास्थ्य, खानेपानि लागायत विकासका पुुर्वधारका साथै प्रत्येक जनतालाई न्युनतम रोजगार तथा स्वरोजगारको कार्यक्रम ल्याएर जनताको जीवन स्तरमा केहि भए पनि परिवर्तन ल्याउने आफ्नो चाहना रहेको नेता विष्णु श्रेष्ठले बताए ।

विगत लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका तर पटकपटक हार बेहोर्दै आएको भएतापनि गाउँ समाजका लागि सदाबार हितकको लागि काम गर्ने गाउँठाउँमा आर्थिक स्थिति कमजोर तथा स्वास्थ्यस्थिति कमजोर भएका बालबालिका तथा वृद्ध वृद्धावस्थाका हरुलाई आर्थिक सहयोग गर्दै आउनु भएको थियो ।

२०७२ सालको भूकम्पमा पनि आफ्नो गाउँठाउँमा आफ्नो पहलबाट राहत लिएर समेत सक्दो वितरण गर्नुभएको थियो

कोभिड महामारी को समयमा पनि आफ्नो पहलमा सेनिटाइजर मार्क्स आफ्नो वडा तथा स्वास्थ्य चौकिमा, प्रहरी चौकी, विद्यालय र अन्य ठाउँमा वितरण गरी सहयोग गर्नुभएको थियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *