काठमाडौं, २६ बैशाख – उदयपुर, त्रियुगा नगरपालिका-३ भुल्केस्थित सडकमा प्रदेश १-०५-००१ प ४४६८
नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा
सवार सोही नगरपालिका-१ जोगिदह बस्ने २० वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको
हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार
भइरहेको छ ।
कैलाली, भजनी नगरपालिका-६ भजनी जोशीपुर सडकमा हाल नम्बर नखुलेको
मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ७० वर्षीय भड्डु डगौराको
आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य
केन्द्र भजनीमा उपचार क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको
प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुली, तिनपाटन गाउँपालिका-११ आकासे भन्ने स्थानमा प्रदेश २ -०३०००१ त
४६७० नम्बरको ट्याक्टर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक तिनपाटन
गाउँपालिका-११ बस्ने २१ वर्षीय बिशाल श्रेष्ठ लगायत २५ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये ९ जनाको प्राथमिक स्वास्थ्य चौकी लाम्पान्टारमा र ११
जनालाई थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाइएको छ भने ५ जना
उपचार पश्चात डिश्चार्ज भएका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0