नुवाकोट । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि तारकेश्वर गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता शिव अधिकारी ‘अविरल’ यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
तारकेश्वरका सबै जनताहरु सक्षम बनाउन आफूले उम्मेदवारी दिएको बताउँने अधिकारीले ‘सुखी, सुन्दर र समुन्नत तारकेश्वर’ बनाउने संकल्प गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै गाउँपालिका प्रमुखका उम्मेदवार अधिकारीले यसअघि गाउँमा हुने सबै किसिमका समस्याहरुमा सहभागि हुँदै आइरहेका छन् । आफूले गरेका समाजसेवाका कारण आफूसहित गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने सम्भावना देखिएको छ ।
‘तारकेश्वरका सबै आमाबुबा खुसी हुनुपर्छ । सबै दिदीबहिनी सबल र सक्षम हुनुपर्छ । सबै ऊर्जाशील युवा जागरुक र उद्यमशील हुनुपर्छ । सबै किसान समृद्ध बन्नुपर्छ । सबै बालबालिकाको भविष्य सुरक्षित हुनुपर्छ । अवसरको खोजीमा तारकेश्वर छोडेर सहर पसेका युवाले पनि गाउँ फर्केर यहाँको स्वच्छ हावापानीमा आफ्नै बारीको अर्ग्यानिक उत्पादन खाएर बाँकी जीवन बिताउने वातावरण बन्नुपर्छ भनेर नै म तारकेश्वरको सेवामा होमिएको हुँ । निजी प्रयास र केही संघसंस्थाको सहयोगमा यो सबै सम्भव थिएन । यद्यपि, मैले जो सकेको प्रयास गरें । ‘सुखी, सुन्दर र समुन्नत तारकेश्वर’ बनाउने अभियानमा यहाँहरूको अपार सहभागिता, स्नेह, हौसला र आशीर्वादले म भित्र अझै व्यापक र बृहत् अभियानमा जुट्ने उत्साह थपिएको छ ।’
सामाजिक सञ्जालमा लेखेका छन्,
आदरणीय तारकेश्वरवासी आमा(बुबा, दिदीबहिनी, दाजुभाइहरू१
म डेढ दशकदेखि तारकेश्वर गाउँपालिकाको सर्वाङ्गीण विकास र तारकेश्वरवासीको सेवामा अनवरत रूपमा लागिपरेको यहाँहरूलाई अवगत नै छ । भूकम्पपछिको विषम परिस्थिति होस् वा कोरोना महामारीको त्रासदीपूर्ण अवस्था, मैले आफ्नो सेवाकर्मलाई कहिल्यै विश्राम दिइनँ । तारकेश्वरको सुख(दुःखको साथी बन्ने प्रयास निरन्तर गरिरहेँ । ुविकास र सेवाुको बाटोमा यहाँहरूले दिनुभएको साथ, सहयोग र समर्थनले मलाई कहिल्यै रोकिन, विचलित हुन दिएन ।
तारकेश्वरका सबै आमाबुबा खुसी हुनुपर्छ । सबै दिदीबहिनी सबल र सक्षम हुनुपर्छ । सबै ऊर्जाशील युवा जागरुक र उद्यमशील हुनुपर्छ । सबै किसान समृद्ध बन्नुपर्छ । सबै बालबालिकाको भविष्य सुरक्षित हुनुपर्छ । अवसरको खोजीमा तारकेश्वर छोडेर सहर पसेका युवाले पनि गाउँ फर्केर यहाँको स्वच्छ हावापानीमा आफ्नै बारीको अर्ग्यानिक उत्पादन खाएर बाँकी जीवन बिताउने वातावरण बन्नुपर्छ भनेर नै म तारकेश्वरको सेवामा होमिएको हुँ । निजी प्रयास र केही संघसंस्थाको सहयोगमा यो सबै सम्भव थिएन । यद्यपि, मैले जो सकेको प्रयास गरें । ुसुखी, सुन्दर र समुन्नत तारकेश्वरु बनाउने अभियानमा यहाँहरूको अपार सहभागिता, स्नेह, हौसला र आशीर्वादले म भित्र अझै व्यापक र बृहत् अभियानमा जुट्ने उत्साह थपिएको छ ।
ुसुखी, सुन्दर र समुन्नत तारकेश्वरुको सपना साकार बनाउन स्वास्थ्य, शिक्षा, सडक, कृषि, पर्यटन, सिँचाइ, खानेपानी, खेलकुद र अन्य पूर्वाधारका क्षेत्रमा ठूलो लगानी जुटाउनुपर्ने छ । पर्यावरण र संस्कृतिको जगेर्ना गर्दै दिगो र गुणात्मक विकास गर्नुपर्ने छ । सामाजिक न्याय र समता स्थापित गर्नुपर्ने छ । उद्यमशीलताको विकास गर्नु छ । स्रोतहरूको पहिचान गरी तारकेश्वरलाई आफ्नै खुट्टामा उभ्याउनु छ । सरकारी स्रोतको एक पैसा पनि खेर जान नदिई उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने छ । गाउँको उत्पादनले गाउँमै उचित मूल्य पाउने गरी बजार व्यवस्थापन गर्नुपर्ने छ । विकासको प्रतिफल समाजको सबैभन्दा तल्लो तप्कासम्म पुर्याउनुपर्ने छ । भ्रष्टाचारको जरो उखेल्नु छ । सबै तारकेश्वरवासीले महसुस गर्न सक्ने सुशासन ल्याउनु छ । जनउत्तरदायी स्थानीय सरकारविना यो सबै सम्भव हुँदैन ।
त्यसैले, यी सबै उद्देश्य पूरा गर्न मैले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रूपमा तारकेश्वर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएको छु । समृद्ध तारकेश्वरको सपना साकार गर्न यहाँहरूको साथ, सहयोग, सल्लाह(सुझाव र आशीर्वादका साथै अमूल्य मतको अपेक्षा गरेको छु । मसँगै उपाध्यक्षमा नेकपा ९माओवादी केन्द्रका० का तर्फबाट गठबन्धनका साझा उम्मेदवार हरिप्रसाद रिमाल लगायत हाम्रो सिङ्गो टिमलाई अत्यधिक मतले विजयी गराउनुहुन सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु ।
प्रण गर्छु ( तपाईंको ममाथिको विश्वासलाई जस्तोसुकै परिस्थितिमा डगमगाउन दिने छैन । हामी एकजुट भएर तारकेश्वरलाई नेपालकै नमुना गाउँ बनाउन सक्छौं । आउनुहोस्, हाम्रो तारकेश्वर हामी मिलेर बनाऔं !
जय नेपाल ! जय तारकेश्वर !
शिव अधिकारी (अविरल)
अध्यक्षको उम्मेदवार,
तारकेश्वर गाउँपालिका ।
Views: 0