अवैध लागूऔषध सहित पक्राउ

२०७९ बैशाख २८, बुधबार २२:३७ गते २०७९ बैशाख २८, बुधबार २२:३७ गते २०७९ बैशाख २८, बुधबार २२:३७ गते

काठमाडौं, वैशाख – धादिङ, गजुरी गाउँपालिका-६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध फिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका-८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् । किरानचोकबाट आदमघाटतर्फ आउदै गरेको बा.८५ प ३७७० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरील जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारमोटरसाइकल चालक केशव र मोटरसाइकलमा सवार थल बहादुरलाई पक्राउ गरेको हो ।

मोरङ, सुनवर्षी नगरपालिका-८ हरिश्चन्द्रगडीबाट सुनवर्षी नगरपालिका-६ बस्ने २५ वर्षीय उमेश षिदेवलाईविभिन्न लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा रेको अवैध लागूऔषध १ ग्राम ८ सय १० मिलिग्रामब्राउनसुगर, ४ सय ७० मिलिग्राम चरेस, नियन्त्रित लागूऔषध १०त्ता ट्रमाडोल र ३ पत्ता स्पास्मो प्रोक्सिसहित फेला पारपक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्ान गरिरहेको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *