काठमाडौं, २७ वैशाख
दाङ, काभ्रे, सर्लाही, धनुषा, सुनसरी र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
दाङ, गढवा गाउँपालिका-७ घोराहास्थित सडकमा वाग्मती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कारपियो र रा.६ प ७३७९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक गढवा गाउँपालिका-६ सिबिर बस्ने २३ वर्षीय सुरज चौधरी र मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ आटिपाकर बस्ने २० वर्षीय अरूण चौधरीरहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे, तेमाल गाउँपालिका-८ भोरज्याङबेशीस्थित सडकमाबा.३ ख २६४३ नम्बरको ट्रक ब्रेक फेल भई सडकबाट करिब५ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार चौरिदेराली गाउँपालिका बस्ने १६ वर्षीय कोसुबिक्षा तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालक उपचार पश्चात डिश्चार्ज पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, हरिवन नगरपालिका-११ स्थित सडकमा प्रदेश २-०३-००९ प ७८६४ नम्बरको मोटरसाइकललाई प्रदेश ३-०३-००१ ख ०१४५ नम्बरको ट्याङ्करले सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका-४ बस्ने४५ वर्षीय राम बहादुर थापाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमूना अस्पताल हरिवन हुँदै हेलिक्पटरद्धारा मेडिसिटि हस्पिटल ललितपुर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषा, लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ज.१ ह ४८८३ नम्बरको टेम्पु अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा टेम्पुमा सवार लक्ष्मीनिया गाउँपालिका-१ बस्ने आशा देवी साहकी छोरी ८ वर्षीया जुली कुमारी साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सेन्ट्रल हस्पिटल लक्ष्मीनियामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-५ टपरास्थितसडकमा को.३ त ६३ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही गाउँपालिका-८ बस्ने १७ वर्षीय तप्रेज मियाको सोमबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ शिखरपानीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५वर्षीया मनमाया पाख्रिनको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
मकवानपुर, २७ वैशाख
हेटौंडा उपमहानगरपालिका-१७ चुच्चे खोलास्थित कर्रा खोलामा डुबेर गैरी गाउँ बस्ने ५१ वर्षीय पुर्ण बहादुर राईको सोमबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0