काठमाडौं, २८ वैशाख – म्याग्दी, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपास्थित सडकमा ग.२ ख ६५८ नम्बरको ट्रक सडकबाट करिब ६५ मिटर तलखसेर मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्रकमा सवार मकवानपुर गोकर्ण बस्ने ३४ वर्षीय सन्त बहादुर तितुङ र म्याग्दीअन्नपूर्ण गाउँपालिका–१ दोवा बस्ने ४३ वर्षीय खुम बहादुर रामजाली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बेनी अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो ।
काठमाडौं, काठमाडौं महानगरपालिका–१४ कलंकी चोकमा बा.५ ख ७३४५ नम्बरको टिपरले बा.८० प ६३७३ नम्बरको मोटरसाइकललाई गएराति ठक्करदिँदा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका–२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका–२ भृकुटी चोकमा ना.३ ख १८९ नम्बरको ट्रकले किचेर हाल नाम, थर, वतन नखुलेका ४५ वर्षीय पुरुषकोमंगलबार दिउँसो मृत्यु भएको छ । ट्रकमुनी सुतीरहेको अवस्थामा ट्रकले किचेर गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल चितवनमाउपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका–२५ अमृत चोकमा ना.५ त ५७३१ नम्बरको ट्याक्टरले ना.५१ प ८२३४ नम्बरको मोटरसाइकललाई मंगलबार रातिठक्कर दिँदा सोही महानगरपालिका–२२ बस्ने २९ वर्षीय बिनय बोटेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजभरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ५२ वर्षीय बाबुराम चौधरीको सोही अस्पतालमा उपचार भइरहेकोछ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0