काठमाडौं । नेपाली जनप्रगतिशील मंच पश्चिम एशिया क्षेत्रका सबै देशले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली जनताले बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको गणतन्त्र र संविधानको रक्षाको निम्ति नेकपा माओवादी केन्द्र र पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरूलाई निर्वाचित गराउनका लागि आह्वान गरेको छ ।
मंगलबार नेपाली जनप्रगतिशील मंच पश्चिम एशिया क्षेत्रका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली राजनीतिक इतिहासमा बलिदानी र गौरवपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रूपमा रहेको लोकतन्त्र र गणतन्त्रको मुख्य आधारस्तम्भको रूपमा स्थापित स्थानीय तहको निर्वाचनमा लोकतन्त्र र गणतन्त्रका हिमायती दल नेकपा माओवादी केन्द्र सहित गठबन्धनमा रहेका उम्मेदवारहरूलाई आफ़नो मत प्रदान गरि प्रगतिशील र प्रतिगमनको मुख्य नाइकेका मतियारहरूलाई पराजित गराउनु पर्नेमा जोड दिएका छन ।
नेपाली जनप्रगतिशील मंच पश्चिम एशिया क्षेत्रका सबै देशका अध्यक्षहरु बुद्धिप्रसाद भण्डारी – अध्यक्ष नेपाली जनप्रगतिशील मंच कतार ,कमल महत – अध्यक्ष नेपाली जनप्रगतिशील मंच साउदी , युवराज केसी – अध्यक्ष नेपाली जनप्रगतिशील मंच बहराईन,उमेश विक – अध्यक्ष नेपाली जनप्रगतिशील मंच ओमन,अनिरुद्र सुवेदी – अध्यक्ष नेपाली जनप्रगतिशील मंच ईजरायल,मन बहादुर भुजेल मगर – अध्यक्ष नेपाली जनप्रगतिशील मंच कुवेत र बाबुराम विश्वकर्मा – अध्यक्ष नेपाली जनप्रगतिशील मंच युएईद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ- नेपाली जनताको संघर्षपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूको घाँटी निमोठ्दै देशलाई प्रतिगमनतर्फ धकेल्न र नेपालको संविधान २०७२ लाई कुल्चेर आफ़नो अभिष्ट पुरा गर्न उदृत शक्तिलाई वैशाख ३० गते हुने स्थानीय तहको चुनावमार्फत परास्त गरि नेपाली जनताले बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको गणतन्त्र र लोकतन्त्रको रक्षाको निम्ति एकीकृत माओवादी र पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरूलाई आफ्नो अमूल्य मत प्रदान गरि विजयी बनाउनका लागि न्यायप्रेमी आम नेपाली जनतासँग विशेष अपिल गरेका छन ।
जारी गरिएको विज्ञप्ति मार्फत प्रवासमा रहेका लाखौं नेपाली नागरिकहरूले प्रवासबाटै आफ्नो मताधिकार प्रयोग गरि चुन्न र चुनिन पाउने अधिकारको सुनिश्चितताका लागि नेपाल सरकारसँग माग समेत गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)ले साँचो अर्थमा खोजेको संघीयता समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले पुर्ण रूपमा अनुभुति गर्न सकेका छैनन । यतिबेला स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउदै स्थानीय बिशेषतामा आधारित बिकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ । कृषिमा अनुदान मार्फत उत्पादन किसान लाई पेन्सन, राष्ट्रिय औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी सबैखाले शोषण र बिभेदको अन्त्य बिदेशमा श्रम र पसिना बगाउने बर्तमान अबस्थालाई नहटाए साँचो अर्थमा जनताले लोकतन्त्रको अनुभुति गर्न सक्दैनन, इतिहासले माओवादीलाई यो जिम्मेवारी सुम्पिएको बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्तिमा जनताको भीषण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्न सिंहदरबार केन्द्रित अधिकार जनताको घर–घरमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन (३० बैशाख) सामाजिक न्याय सहितको निर्माणका लागि कोशेढुङ्गा बनोस भन्ने शुभकामना व्यक्त गरेका छन ।
जारी गरिएको बिज्ञप्ती जस्ताको तस्तै
नेपाली जनप्रगतिशील मन्च पश्चिम एसिया क्षेत्र अन्तरगतका
नेपाली जनप्रगतिशील मंचहरुको अपिल
आदरणीय श्रमिक दाजुभाइ तथा दिदिबहिनीहरु !
जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन तथा उत्पीडित जनताको भीषण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्न सिंहदरबार केन्द्रित अधिकार जनताको घर–घरमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन (३० बैशाख) सामाजिक न्याय सहितको निर्माणका लागि कोशेढुङ्गा बनोस भन्ने शुभकामना व्यक्त गर्दछौं ।
यतिखेर संघीयता समाबेशी समानुपातिक प्रतिनिधित्व बिरोधी तथा उत्पीडित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध विभिन्न बहानामा षड्यन्त्र गरिरहेका छन, त्यसैले हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)को प्रबास संगठन नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसिया क्षेत्रीय समन्वय समिति अन्तरगतका राष्ट्रिय समितिको तर्फबाट स्थानीय तहको निर्वाचनलाई संविधान, संघीय गणतन्त्रको रक्षाका लागि अग्रगमन पक्ष र प्रतिगमन समुह बीचको लडाइँको रूपमा लिएका छौं । त्यसैले प्रवासमा श्रम गरिरहनु भएका दाजुभाइ दिदिबहिनीहरु मार्फत घर गाउँ र आफन्तलाई स्थानीय तहको निर्वाचनमा निर्धक्क सहभागी भई अग्रगमन पक्षधर गठबन्धनका उम्मेद्धवारहरुलाई मतदान गरि विजयी गराउन आह्वान गर्दछौं ।
हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)ले साँचो अर्थमा खोजेको संघीयता समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले पुर्ण रूपमा अनुभुति गर्न सकेका छैनन । यतिबेला स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउदै स्थानीय बिशेषतामा आधारित बिकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ । कृषिमा अनुदान मार्फत उत्पादन किसान लाई पेन्सन, राष्ट्रिय औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी सबैखाले शोषण र बिभेदको अन्त्य बिदेशमा श्रम र पसिना बगाउने बर्तमान अबस्थालाई नहटाए साँचो अर्थमा जनताले लोकतन्त्रको अनुभुति गर्न सक्दैनन, इतिहासले माओवादीलाई यो जिम्मेवारी सुम्पिएको छ ।
हामीलाई यथास्थितिमा रुमलिन्न रहर र छुट दुबै छैन त्यसैले आउनुस एकमतका साथ लामबद्व भई प्रतिगामी तत्वलाइ परास्त गर्न यो लडाइँमा नेकपा (माओवादी केन्द्र)को चुनाब चिन्ह “गोलाकार भित्रको हँसिया हथौड़ा”मा र गठबन्धनका उम्मेदवारहरुको चुनाव चिन्हमा मतदान गरि जनताका बाँकी अधुरा सपना पूरा गर्दै समृद्ध नेपाल निर्माणमा अघि बढौ ।
क्रान्तिकारी अभिवादन सहित ।
१. कमल महत – अध्यक्ष नेपाली जनप्रगतिशील मंच साउदी
२. बुद्धिप्रसाद भण्डारी – अध्यक्ष नेपाली जनप्रगतिशील मंच, कतार
३. युवराज केसी – अध्यक्ष नेपाली जनप्रगतिशील मंच, बहराईन
४. उमेश विक – अध्यक्ष नेपाली जनप्रगतिशील मंच, ओमन
५. अनिरुद्र सुवेदी – अध्यक्ष नेपाली जनप्रगतिशील मंच, ईजरायल
६. मन बहादुर भुजेल मगर – अध्यक्ष नेपाली जनप्रगतिशील मंच, कुवेत
७. बाबुराम विश्वकर्मा – अध्यक्ष नेपाली जनप्रगतिशील मंच, युएई
Views: 0