काठमाडौं, ३० वैशाख
दाङ, तुलसीपुर उपमहानगरपालिका-४ राना गाउँमा ना.अ प फा ९४१ नम्बरको एम्बुलेन्स र बा.८ च ६९२५ नम्बरको बलेरो एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा बलेरोमा सवार ३ र एम्बुलेन्समा सवार ७ जना गरी १० जना घाइते भएका छन् । बलेरोमा सवार सोही उपमहानगरपलिका-८ बस्ने ५७ वर्षीय टेक बहादुर बस्नेत र एम्बुलेन्स चालक रुकुम पश्चिम बाफीकोट गाउँपालिका-२ बस्ने ३२ वर्षीय कलीभान खत्री समेत १० जनाको राप्तीप्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ ।
डोटी, शिखर नगरपालिका-४ धुरकोटस्थित सडकमा ना.१ ज ३१५२ नम्बरको जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा जिप चालक समेत १४जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल पठाइएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र अन्यको सामान्य रहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0