बारा – जीतपुरसिमरा उपमहानगरमा मतगणनाको सम्वन्धि निर्णय गर्न सर्वदलिय बैठक अहिले बस्ने भएको छ । उपमहानगरको २४ वटा वडाका मतपेटिकाहरु संकलन पश्चात मतगणनाको विषयमा निर्णय गर्न अहिले १० बजे सर्वदलिय बैठब बस्न लागेको हो । सहायक निर्वाचन अधिकृत बलराम खड्काले सबै दलका प्रतिनिधिहरु सहित प्रमुख÷उपप्रमुख सर्वदलिय बैठकबाट मात्रै मतगणनाको विषयमा निर्णय हुने बताएका छन् ।
‘मतगणना कति बजेदेखि शुरु गर्ने, कस्तो कस्तो अवस्थामा मत बदर भएको मान्ने लगायत कानुनले व्यवस्था गर्न नसकेका बिषयमा दलिय सहमती गर्न सर्वदलिय बैठक बस्न लागिएको हो’ सहायक निर्वाचन अधिकृत खड्काले भने । जीतपुर सिमरामा २०७७ पुष ५ गतेसम्मको तथ्याकं अनुसार करिव ६६ हजार मतदाता रहेका छन् । आजको उपमहानगरको निर्वाचनमा कति मत खस्यो भन्ने विषयमा यकिन तथ्याकं भने आईनसकेको खड्काले जनाएका छन् । जीतपुरसिमरा उपमहानगर प्रमुखमा गठबन्धनको तर्फवाट माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य राजन पौडेल र उपप्रमुखमा कांग्रेस नेतृ मेघा शाही रहेकी छिन् भने नेकपा एमालेको तर्फवाट निवर्तमान उपप्रमुख सरस्वती चौधरीले प्रमुखमा उम्मेदवारी दिएकी छिन् ।
त्यस्तैगरी एमालेको तर्फवाट उपप्रमुखमा भोला अधिकारीले उम्मेदवारी दिएका छन् । मुख्य प्रतिष्पर्धी गठबन्धन र एमाले पश्चात लोसपा, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरुवाट पनि प्रमुख÷उपप्रमुखमा उम्मेदवारी दर्ता भएको थियो । उपमहानगरको १२५ जना जनप्रतिनिधिका लागि करिव करिव एक हजारले उम्मेदवारी दिएका छन् ।
Views: 0