कुटपिटबाट घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु

२०७९ बैशाख ३१, शनिबार २०:४० गते २०७९ बैशाख ३१, शनिबार २०:४० गते २०७९ बैशाख ३१, शनिबार २०:४० गते

सोलुखुम्बु, ३१ वैशाख – आपसी झडपमा कुटपिट हुँदा गम्भीर घाइते भएका सोताङ गाउँपालिका-३ खहरे
बस्ने ३५ वर्षीय सुदिप राईको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा गएराति मृत्यु
भएको छ ।

सोताङ गाउँपालिका-३ स्थित सोताङ आधारभूत विद्यालय खहरे मतदान केन्द्रमा
बिरामी अवस्थामा मतदान गर्न गएकी सोही ठाउँ बस्ने ५५ वर्षीया संचमाया राईलाई
मतदान पश्चात उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ लगि सामान्य उपचार
पश्चात घरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बिषयलाई लिएर शुक्रबार दिउँसो भएको
झडपमा कुटपिट हुँदा घाइते भएका सुदिपको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा
मृत्यु भएको हो ।

कुटपिटमा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय साजन भन्ने चक्र
भुजेल समेत ३ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *