काठमाडौं, ३१ वैशाख – अर्घाखाँची, सितगंगा नगरपालिका-१२ तारिकेस्थित सडकमा लु.२ च ६२०३ नम्बरको
जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा ८
वर्षीया डिक्सना थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी
प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका जिपमा सवार
छत्रदेव गाउँपालिका-५ डोरचौर बस्ने २४ वर्षीय केशव राना क्षेत्री समेत ४ जनाको सोही
अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर र २ जनाको सामान्य
रहेको छ ।
पाल्पा, निस्दी गाउँपालिका-७ मोटेखर्कमा प्रदेश २- ००३-००१ ख ५२५९ नम्बरको
टिपर अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा
टिपर चालक हाल नाम, थर, वतन नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0