काठमाडौं, २ जेठ

दार्चुला, शैल्यशिखर नगरपालिका-स्थित ग्वानीमा गोकुलेश्वर बजारबाट ग्वानीतर्फ जादै गरेको .१ ज २७७ नम्बरको हाईस सडकबाट करिब सय मिटर तल भिरमा खसेर सोमबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक शैल्यशिखर नगरपालिका-६ ग्वानी बस्ने २३वर्षीय प्रकाश सिंह धामी, हाईसमा सवार सोही ठाउँ बस्ने १९वर्षीय हरिश धामी र २२ वर्षीय नबिन धामीको घटनास्थलमै मृत्यु भएको हो ।

रसुवा, उत्तरगया गाउँपालिका-५ नौबिसेस्थित भित्री सडकमा ा.९६ प २०९४ नम्बरको मोटरसाइकल सडकबाट करिब १० मिटर तल खसेर गएराति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा सवार नुवाकोट बिदुर नगरपालिका-१० बेत्रावती बस्ने ४३ वर्षीयापम्फा तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

स्याङजा, पुतली बजार नगरपालिका-२ देवीस्थानस्थितसडकबाट ग.११ प ८०११ नम्बरको स्कुट करिब सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटचालक बिरुवा गाउँपालिका-४ खुदी बस्ने १८ वर्षीय रोहित वस्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भ घाइते भएका उनको जिल्ला अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको होसाथै दुर्घटनाम घाइते भएका स्कुटरमा सवार जनालाई थप उपचारको लागि मेट्रो सिटी अस्पताल पोखरा पठाएको छ ।

डोटी, दिपायल सिलगढी नगरपालिका-४ सुनगडामा सु.प.प्र. ०१००८ प ६६०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा वासोही ठाउँ बस्ने २४ वर्षीय नवराज कठायतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शैलेश्वरी अस्पताल दिपायलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भरहेको छ ।

सिरहा, कर्जन्हा नगरपालिका-२ स्थित सडकमा प्र.१-०२ ०४५ प ८८८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक मोरङ रंगेली नगरपालिका-९ बस्ने ३८ वर्षीय उमेश बिश्वकर्माको मृतयु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रमममा मृतयु भएको हो साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धनुषा, जनकनन्दनी गाउँपालिका-१ कमला खोलास्थितसडकमा प्र.२-०१-००१ ०९९२ नम्बरको ट्याक्टरको ठक्करबाट सिरहा लहान नगरपालिका-१ पटेर्बा बस्ने ४५ वर्षीया गुर्मी देवी चमारको आइतबार राति मृत्यु भएको छ । प्र.२-०१-००१ ०८३२ नम्बरको ट्याकटरमा खर्बुजा लोड गरिरहेको अवस्थामा गुर्मी देवीलाई उक्त ट्याक्टरले ठक्कर दिँदा गम्भर घाते भएकी उनको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै ट्याक्टर र प्र.२-०१-००१ त ०९९२ नम्बरको ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *