काठमाडौं, ४ जेठ – भक्तपुर, चाँगुनारायण नगरपालिका-८ सुडाल बाघमारास्थित महेश्वर इँटाभट्टाको पोखरीमा डुबेर सोही भट्टामा काम गर्ने सल्यान वनकाठ कुभिन्डे गाउँपालिका-१० घर भएका २० वर्षीय तविल परियारको मंगलबार दिउँसो मृत्यु भएको छ ।पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको भक्तपुरअस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नुवाकोट, बिदुर नगरपालिका-५ नाङ्गे ढुङ्गास्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर सूर्यगढी नगरपालिका-२ बस्ने १५ वर्षीय बिशाल तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-५ स्थित तिनाउ खोलामा डुबेर सोही उपमहानगरपालिका-३ गोल्पार्क बस्ने पाल्पा तिनाउ गाउँपालिका-५ घर भएका हरि बहादुर आलेको छोरा ८ वर्षीय रिदम आलेको मंगलबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-७ शहकारी पेट्रोल पम्प नजिकै रहेको पानीको नहरमा डुबेर सोही उपमहानगरपालिका-३ बस्ने ४१ वर्षीय चन्द्र बहादुर डांगीको बुधबार बिहान मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0