काठमाडौं, ४ जेठ – खोटाङ, जन्तेढुङगा गाउँपालिका-३ थालाखामस्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टरबाट खसेर सोही गाउँपालिका- ५ घोडेडाँडा बस्ने २८ वर्षीय नारद कटवालको बुधबार बिहान मृत्यु भएको छ । घोडेडाँडाबाट भञ्ज्याङखर्कतर्फ देवाली पूजाको मानिसहरु लिई जाँदै गरेको उक्त ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ स्थित भित्रीसडकमा लु.१ ख ८०७८ नम्बरको पिकअप गाडी अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा पिकअपमा सवार सोही नगरपालिका-१० बस्ने ७२ वर्षीय देशरागी लोनिया समेत २२जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । घाइतेमध्ये ५ जना अवस्थामा गम्भीर रहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0