काठमाडौं, ५ जेठ – कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेव हजुरकोधारास्थित नमस्ते खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रौटहट चन्द्रपुर नगरपालिका-१ घर भएका ४३ वर्षीय नारायण प्रसाद धितालको उक्त खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्राभाग काँडाघारीबाट खटिएको प्रहरीले फेला पारी नगद ५३ हजार ८ सय ६० रुपैयाँ र तीन बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0