जाजरकोट, ५ जेठ – जुनिचाँदे गाउँपालिका-९ धडगाँउ बस्ने ३६ वर्षीय रेशम बहादुर खड्काको भलिबल खेल्ने क्रममा कुटपिट हुँदा बुधबार दिउँसो मृत्यु भएको छ ।
रेशम बहादुर, सोही ठाउँ बस्ने ३२ वर्षीय विर्ख बहादुर खड्का र ३३ वरषीय चक्र बहादुर खड्कालाई मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने २५ वर्षीय नरेन्द्र बस्नेत लगायत ४ जनाले कुटपिट गर्दा रेशम बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जाजरकोट र ईलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरीलेउपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा उनकको बाटोमै मृत्यु भएको हो ।
बस्नेत लगायत ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0