सवारी दुर्घटनामा ५ जनाको मृत्यु

२०७९ जेष्ठ ५, बिहीबार २२:०१ गते २०७९ जेष्ठ ५, बिहीबार २२:०१ गते २०७९ जेष्ठ ५, बिहीबार २२:०१ गते

काठमाडौं, ५ जेठ – पर्वत, कुश्मा नगरपालिका-८ ओडारेस्थित सडकमा .५२१८ न्बरको बसले . ज ७२५६ नम्बरको जिपलाई बुधबार साँझ ठक्कर दिदा जिपका चालक सहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १४ जनाध्ये ६ जना उपचार पश्चात डिश्चार्ज भएका छन भने गम्भीर अवस्थामा रहेका १ जनाको गण्डकी अस्पताल पोखरामा अन्यको जिल्ला अस्पतालपर्वतमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, गोदावरी नगरपालिका-३ भैसीहाट बजार नजिकसडकमा म.१ क ४२९ नम्बरको टिपरले से.४ प ६३१८ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका बस्ने २३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा ना.५ ख ५५१५ नम्बरको बस र प्रदेश ३-०१-०२५च ५७४३ नम्बरको गाडी एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा बसका चालक सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने ३७ वर्षीय भिम राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बस चालक समेत १० जनाको मोडल अस्पताल लालबन्दीमा उपचार भरहेको छ ।

सप्तरी, बलानबिहुल गाउँपालिका-६ सेहरा चौकमा अनटेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सखुवानन्कारकट्टी गाउँपालिका-२ बस्ने २२वर्षीय लोचन यादवको मृत्यु भएको छ । दुर्घटनमा घाइते भएका उनको स्थानीय सिटी अस्पताल चन्ही चौक सप्तरी हुँदै थप उपचारको लागि घोपा अस्पताल धरानतर्फ लैजाने क्रममाबाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको घोपा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *