काठमाडौं, ५ जेठ
रामेछाप, मन्थली नगरपालिका-११ गेलु धुसेनिस्थित तामाकोशी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेलापरेकी छन् ।
ओखलढुङगा, मानेभन्ज्याङ गाउँपालिका-६ स्थित जयराम घाट दुधकोशी नदीको किनारमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका-४ बस्ने ६७ वर्षीय सन्ते माझी बुधबार मृत अवस्थामा फेला परेका छन् । वैशाख ३१ गते माछा मार्ने गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित कर्णाली बसपार्कको कम्पाउण्डभित्र भारत पलिया घर बताउने हाल नाम, थर नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0