तनहुँ, ६ जेठ – व्यास नगरपालिका–३ बिसघरे बस्ने ५४ वर्षीय दिल बहादुर सारुलाई फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा उनकै सालो नाता पर्ने सोही नगरपालिका–१४ बस्ने २१ वर्षीय बिनोद थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले एक्कासी फलामको रडले टाउको समेतमा प्रहार गर्दा दिल बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई समाधान अस्पताल दमौली हुदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0