काठमाडौं, ६ जेठ – झापा, बिर्तामोड नगरपालिका-२ रामचोकस्थित सडकमा प्रदेश १-०१-००१ ख ३५९४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ५२ वर्षीय टंक काफ्लेको बिहीबार बिहान मृत्यु भएको छ । सडकमा रोकी राखेको उक्त ट्रक सडकमा निकाल्नका लागि ब्याक गर्ने क्रममा ट्रकको पछाडिको भागले ठक्कर दिँदा गम्भीर घाइते भएका काफ्लेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, सुनवर्षी नगरपालिका-६ स्थित सडकमा को.२ त १४३७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-५ बस्ने ४५वर्षीय राज कुमार सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १० जनाको रंगेली अस्पतालमा र १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-४ हरनेटीस्थित सडकमा रा.१ प ८६७९ नम्बरको मोटरसाइकल रा.१ क ५६५ नम्बरको टिपरमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सल्यान कपुरकोट गाउँपालिका-३ बस्ने २० वर्षीय आकाश सेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रा.१ ख ११२३ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा उक्त मोटरसाइकल रा.१ क ५६५ नम्बरको टिपरमा ठोकिएर दुर्घटना भएको थियो । दुवै टिपरकाचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-५ तिनतारास्थित सडकमा म.२ प ८०२४ नम्बरको मोटरसाइकललाई म.२ प २७६ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा म.२ प ८०२४ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने ३८ वर्षीय बिरेन्द्र चन्दको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका म.२ प २७६ नम्बरको मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धनगढीतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0