काठमाडौं – प्रेम कुमार गैरे / घटनाक्रमको पछाडी भाग्ने नेपाली समाजको चेतना स्तरमा बिकास हुन जरुरी देखिन्छ।पछिल्लो समय सामाजिक संजालमा छरपस्ट भएको सुस्मिताले भोगेको जबर्जस्ति करणीको घटना त केवल एउटा प्रतिनिधि घटना मात्रै हो ।यहाँ पल प्रति पल महिलाहरु हर क्षेत्रमा बलात्कृत हुँदैछन् फरक यत्ति मात्रै हो यस्ता प्रकारका अधिक घटनालाई महिलाले ओकल्ने आँट गर्दैनन् ,दुश्साहस गरि ओकलिएका एकाध घटनालाई सामसुम पारिन्छ,आदि ईत्यादी।बलात्कारी उत्पादन गर्ने कारखाना बन्द नगर्ने तर बलात्कारीलाई सजाय मात्रै दिने व्यबस्था केबल छेउकुनाको समस्या हल गर्ने वा सुधारोन्मुख वा उत्थानवादी कार्यक्रम मात्रै हुन जान्छ र यो राजनैतिक चेतनाले ‘महिला सशक्तीकरण’को महाअभियान पुरा हुँदैन ।
त्यसका निम्ति तत्क्षण तत् तत् विषयमा हामी गम्भिर भई गतिशिल हुनुको विकल्प छैन।
————————————————————————–
१)करिब ८ हजार वर्ष देखि जरो गाडेर बसेको ‘एकल पितृसत्तात्मक चिन्तन र संस्कृति’को उन्मुलन
जस्तै:-
* महिला ‘सौन्दर्य’,पुरुष ‘बलवान’ को प्रतिक भन्ने अवधारणालाई ध्वस्त पार्नु पर्ने हुन्छ।
* महिला ‘कमसल’ पुरुष ‘विशिष्ट’ बनाउने संस्कृतिको अन्त्य।
२)राजनैतिक प्रणालीमा पुर्ण समानुपातिक व्यबस्था / मगन्ते महिला होईन राजनैतिक अधिकारका निम्ति हस्तक्षेपकारी भूमिका खेल्ने क्रान्तिकारी महिला निर्माणार्थ कार्ययोजना तय गर्ने
जस्तै:-
* अबको राजनैतिक आन्दोलनमा “महिलालाई ल्याउनु पर्छ” भन्ने अवधारणालाई निस्तेज पार्दै “महिला बिना आन्दोलन नै अगाडी बढ्दैन” भन्ने चिन्तनको विकास गर्नु पर्ने हुन्छ,
* राजनीतिक दलमा कम्तिमा ५०% महिलाको प्रतिनिधित्व हुने
व्यवस्था गर्ने,
३)महिलालाई मालकरण गर्ने पुँजीवादी व्यवस्थाको अन्त्य र
वैज्ञानिक समाजवादी व्यबस्थाको प्रारम्भ गर्ने
जस्तै:-
* महिलालाई मालकरण गर्न बजारमा पुँजीपतिले बिक्री गरि नाफा कुम्ल्याउने सौन्दर्य र श्रृङ्गारका सामानको उत्पादनमा रोक लगाउने।
* एकल पुरुषवादी निजी सम्पत्तिको अन्त्य र लैङ्गिक समता सहितको समाजवादी सम्पत्तिको शुरूवात ।
प्रेम कुमार गैरे- केन्द्रीय सदस्य,
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल
#imwithsushmita
#justiceforsushmita
Views: 0