काठमाडौं, ७ जेठ – कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-५ शुक्लाफाँटा राष्ट्रिय निकुन्ज नजिक सडकमा म.२ प ६८३३ नम्बरको मोटरसाइकल र से.१ च ४४८ नम्बरको जिप एकआपसमा ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक बेदकोट नगरपालिका-५ धरमपुर बस्ने ३५ वर्षीय गणेश बहादुर बम र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय भुतेश बमरहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका-६ गुलरामा ना.५ ख ४३८२ नम्बरको बसमा से.५ प २४४ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दगोरिया गाउँपालिका-५ बस्ने ४५ वर्षीय श्रवण रानाको घटनास्थलमै मृत्यु भएको छ । गम्भीर घाइते भएकीमोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीया राजमती रानालाई लालरत्न अस्पतालमा हुँदै थप उपचारका लागि कोहलपुरतर्फ रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, कबिलासी नगरपालिका-१ पिपरियास्थित सडकमा ना.८ ख २३० नम्बरको टिपरमा प्रदेश २-०३-००२१ प७९६ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कबिलासीनगरपालिका-१ पिपरिया बस्ने २८ वर्षीय गोबिन्द ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ दुई नम्बर गेटस्थित सडकमा लु.८ प ३२०६ नम्बर र लु.८६ प ६८३८ नम्बरका मोटरसाइकल आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा लु.८६ प ६८३८ नम्बरको मोटरसाइकल चालक मायादेबी गाउँपालिका-८ मर्चहवा बस्ने २६ वर्षीय अजय कहारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । अन्य २ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेकोरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0