बाह्रबोर एकनाले बन्दुक सहित पक्राउ

२०७९ जेष्ठ ८, आईतवार २०:१९ गते २०७९ जेष्ठ ८, आईतवार २०:१९ गते २०७९ जेष्ठ ८, आईतवार २०:१९ गते

पर्सा, जेठ – पर्सागढी नगरपालिका-९ बडेरवाबाट सोही ठाउँ बस्ने २७वर्षीय मनोज माझी मुसहरलाई बाह्रबोर एकनाले बन्दुक सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा लुकाई छिपाई राखेको बन्दुक लिई मनोज बाहिर निस्केको अवस्थामालाका प्रहरी कार्यालय एकटांगा र अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *