अवैध लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ ८, आईतवार २०:२४ गते २०७९ जेष्ठ ८, आईतवार २०:२४ गते २०७९ जेष्ठ ८, आईतवार २०:२४ गते

काठमाडौं, जेठ – बाँके, नेपालगंज उपमहानगरपालिका-२० स्थित सडकबाट जानकी गाउँपालिका-६ बस्ने २१ वर्षीय चेत राम सोनीलाई करिब१ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले चेत रामलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो

मकवानपुर, राक्सिराङ गाउँपालिका-५ घिउखानीस्थित सडकबाट सोही ठाउँ बस्ने २२ वर्षीय बिजय थिङलाई करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *