काठमाडौं, ८ जेठ – रसुवा, कालिका गाउँपालिका-२ स्थित शिवशक्ति बचत तथा ऋण सहकारी लिमिटेडबाट नगद ३ लाख १५ हजार ७ सय ५४ रुपैयाँ, उत्तरगया गाउँपालिकाको ५ नम्बर वडा कार्यालयबाट १ थान ल्यापटप, १ थान सिसि क्यामरा मोनिटर र सोही ठाउँस्थित ६ जनाको घर तथा पसलबाट नगद ९४ हजार रुपैयाँ, सुनचाँदी र जिन्सी मालसामान शुक्रबार राति चोरी भएको छ । चोरीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रसुवा, ईलाका प्रहरी कार्यालय कालिकास्थान र प्रहरी चौकी बेत्रावतीबाट खटिएको प्रहरीले आवश्यक सोधपुछ एवं अनुसन्धानका लागि शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका-१८ स्थित सुनगाभा बचत तथा ऋण सहकारी संस्थाबाट २ थान कम्प्युटर, २ थान सिपियू, १ थान सिसि क्यामेराको मनिटर र १ थान ब्याकअप हार्डड्राईभ शनिबार राति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0