पर्सा, ९ जेठ – ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १७ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका-५ बाघमोर्चा मन्दिरको छेउमाप्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएकोमा वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो । साथैउक्त घट्नामा सलंग्न रहेको खुल्न आएका हाल फरार अन्य ३ जनाको खोजी भइरहेको छ ।
पक्राउ परेका किशोर उपर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0