पर्सा, ९ जेठ – छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैध रूपमा भारततर्फ लैजाँदै गरेको वन्यपशुपन्क्षी लाटोकोसेरो चरा सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी–१ ठेगाना भएका ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ ठेगाना भएका ३५ वर्षीय शेख अनवर रहेका छन् ।
उक्त स्थानमा अवैधरूपमा वन्यपशुपन्क्षी लाटोकोसेरो चरा (उल्लू) १ वटा नेपालबाट भारततर्फ लाँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पन्क्षी लिई भारततर्फ जाँदै गरेकोअवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन सम्बन्धी कसूर मुद्दामाआवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्जपर्सामा बुझाइएको छ ।
Views: 0