घाटी रेटी निर्ममतापुर्वक हत्या गर्ने मानिस पक्राउ

२०७९ जेष्ठ ९, सोमबार २३:१० गते २०७९ जेष्ठ ९, सोमबार २३:१० गते २०७९ जेष्ठ ९, सोमबार २३:१० गते

काठमाडौं, मिति २०७९/०२/०६ गते दिउँसो अं.१४:०० बजेको समयमा जिल्ला बारा
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२० बसडिलवा गोठ टोल देखि करिब
५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा
पछि नाम थर वतन खुल्न आएका ऐ.ऐ.बस्ने राजबंशी पासवानको छोरा अं.वर्ष २५
को दिपक पासवान लाई कर्तव्य गरी मारेको अवस्थामा मृतक लास फेला परेको


घटनाको सम्बन्धमा सुक्षम रूपमा अनुसन्धान तहकिकात गर्दा मिति
२०७९/०२/०३ गते राती अं.११:०० बजेको समयमा जिल्ला बारा जितपुर
सिमरा उपमहानगरपालिका वडा नं.२० बसडिलवा टोल बस्ने शेख मीर हसनको
छोरा वर्ष २० को शेख नवि आलम र ऐ.ऐ.बस्ने शेख जैनुलको छोरा वर्ष २१ को
शेख सलिम समेत मिली मृतक दिपक पासवानको घाटीमा धारिलो घरेलु हतियार
बखुवा (खुर्पा) ले प्रहर गरी निर्ममतापुर्वक घाटी रेटी कर्तव्य गरी मारी अपराधबाट
बच्नको लागि मृतक लासलाई कठोह खोला छेउमा रहेको बालुवामा पुरी वारदात
पश्चात गाउँघर छाडी भागी फरार भएको भनि खुल्न आएको हुँदा निज शेख
सलिम र शेख नवि आलमलाई खोजतलासको क्रममा मिति २०७९/०२/०८ गतेका
दिन पक्राउ गरी निजहरू उपर यस कार्यालयमा ज्यान सम्बन्धी कसूर (कर्तव्य
ज्यान) मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ (सात) को
म्यद अनुमती लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *