सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न पक्राउ

२०७९ जेष्ठ १०, मंगलवार १९:०८ गते २०७९ जेष्ठ १०, मंगलवार १९:०८ गते २०७९ जेष्ठ १०, मंगलवार १९:०८ गते

काठमाडौं, १० जेठ – सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका-८ शैलुङगेश्वरी ठेगाना भएका ३५ वर्षीय उत्सव श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल वाट्सएप, ईमो, बोटि, भाइबरको दुरुपयोग गरी डितहरुलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो, अमेरिकाबाट संचालन भएको लटरी मार्फत लाख २७ हजार सय ११ युरो डलर परेको छर उक्त रकम पाउनका लागि बिभिन्न भ्रम्ण म्यासेज पठाई पडितहरुलाई बिश्वासमा पारी नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई नगद २८लाख ७९ हजार रूपैयाँ रकम ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले लटरीको रकम आएपछि नेपालमा घरगाडी खरिद गर्न सकिने रकम पाउनको लागि प्रोसेसिङ गर्ने कम्पनका वकिल कम्बोडियामा आई बसेको हुदा वकिलको खाने, बस्न, प्लेन टिकटको व्यस्था तथा वकिललाई अग्रिम फि चाहिन्छ, निजकोआवतजावत व्यस्थापन गर्नको लागि १ हजार सय युरोलाग्छ भन्ने जस्ता विभिन्न भ्रम्ण म्यासेज पठाई पडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *