जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ जेष्ठ १०, मंगलवार १९:३९ गते २०७९ जेष्ठ १०, मंगलवार १९:३९ गते २०७९ जेष्ठ १०, मंगलवार १९:३९ गते

काठमाडौं, १० जेठ – जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनिया नागरिक ४५ वर्षीय लि
छेनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०७८ फागुन २६ गते दिउँसो चन्द्रागिरि नगरपालिका-३ टोटीटोलस्थित जेनजोङग
मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक लि छेनले आफ्नै कम्पनिको
अफिस कोठाभित्र २३ वर्षीया महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न
खोजेको भन्ने जाहेरी प्रहरी वृत्त थानकोटमा प्राप्त भएको र जिल्ला अदालत काठमाडौंको
२०७८ फागुन २९ गतेको आदेशले निज प्रतिवादीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको
थियो ।
उनी उपर प्रहरी वृत्त थानकोट काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।

 

जबरजस्ती करणी उद्योगमा संलग्न रहेको अभियोगमा पक्राउ

पर्वत, १० जेठ – जबरजस्ती करणी उद्योगमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका-६
तिलाहार बस्ने ३७ वर्षीय बिकास लामिछानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
लामिछानेले जबरजस्ती करणी गर्न खोजेको भनी पीडितले जिल्ला प्रहरी कार्यालय
पर्वतमा जाहेरी पेश गरेकोमा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो

उनी उपर जबरजस्ती करणी उद्योग मुद्दा शिर्षकमा जिल्ला अदालत पर्वतबाट १०
दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *