काठमाडौं, १० जेठ – काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ स्थित सडकमा बागमती प्रदेश ०१ ०२६ च
२१५१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१३ लामाचोर बस्ने ७१
वर्षीय ध्रुर्व प्रसाद रेग्मीको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते
भएका उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो
। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-१० आमखैयास्थित सडकमा ना.५ ख ८६९१
नम्बरको बस सोमबार दिउँसो दुर्घटना हुँदा बसका सहचालक लम्किचुहा नगरपालिका-२
बस्ने २० वर्षीय पारस खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको
घोडाघोडी अस्पताल सुखड हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा
मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसमा सवार ३ जनाको घोडाघोडी अस्पताल
सुखडमा र १ जनाको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ । बस
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दोलखा, गौरीशंकर गाउँपालिका-७ खानीगाउँस्थित सडकमा बा.५ ख ३११७
नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय लाल बहादुर बिकको
सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी
गरिरहेको छ ।
सिरहा, गोलबजार नगरपालिका-६ लभटोलीस्थित भित्री सडकमा प्र.२-०१-००१ त
०६७५ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने १६ वर्षीय रामरिजन सदायको
सोमबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किची
गम्भीर घाइते भएका उनको लङ-लाईफ अस्पताल गोलबजारमा उपचारको क्रममा मृत्यु
भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0