अवैध लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ ११, बुधबार १४:५८ गते २०७९ जेष्ठ ११, बुधबार १४:५८ गते २०७९ जेष्ठ ११, बुधबार १४:५८ गते

काठमाडौं, ११ जेठ – सर्लाही, ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर झिलपुल जाने बाटोबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ हजार २ सय १५ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका११ बस्ने २१ वर्षीय रोहित वोट र सोही ठाउँ बस्ने २० वर्षीय रोशन शर्मा रहेका छन् । भारतबाट नेपालतर्फ आउदै गरेको प्र.२ -०३-००६ प ९२२९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, कलैया उपमहानगरपालिका१० मटिअर्वा पुरानोचौक स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय म्पुल, डाईजेपाम ४ सय एम्पुल र नुर्फिन ४ सय एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही पमहानगरपालिका- भवानिपुर बस्ने४२ वर्षीय निर्वान मियाँ सोही उपमहानगरपालिका- मदर्शाटोल बस्ने ४० वर्षीय ओसी अहमद रहेका छन् । भारतबाटनेपालतर्फ आउँदै गरेको ना. ७७५५ नम्बरकोमोटरसाइकललाई प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएकोप्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूउपर लागूऔषध मुद्दामा जिल्ला अदालत बाराबा दिन म्यादअनुमती लिई थप अनुसन्धान भइरहेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित गोदावरी नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट करिब ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा आलिताल गाउँपालिका-३ बस्ने २७ वर्षीय भरत महरा, धनगढी उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय पुरन विडोटी गैरा घर बताउने २३ वर्षीय मोहन ओली रहेका छन् । उक्त स्थानमा भरत महरालाई प्रहरीले सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रण लिई सोधपुछ गर्ने क्रममा अन्य २ जना संलग्न रहेको खुल्न आएपछि पुरन र मोहनलाई धनगढी उपमहानगरपालिका-४ बाट थप सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट करिब ७सय ५० ग्राम वैध लागूऔषध ाँजा सजित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका-३ बस्ने २२ वर्षीय मिसेक राई रहेका छन् । तेह्रथुम शुक्रबारेबाट धरानतर्फ जादै गरेको को.१ ख ५१०५ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-८ कालो पुलबाट करिब १० ग्र ७२ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने २३ वर्षीय दिनेश चौधरी समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको सु.प.प्र.०२-००३ प ३९९३ नम्बरको मोटरसाइकल एक साकल समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *