ललितपुर, १२ जेठ – ललितपुर महानगरपालिका–८ बालकुमारीबाट मेड ईन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान, माग्जिन २ थान र गोली ४ राउण्ड सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–१५ घर भएका २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय वीर बहादुर बम्जनरहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0