सुनको सिक्री चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

२०७९ जेष्ठ १३, शुक्रबार २१:५२ गते २०७९ जेष्ठ १३, शुक्रबार २१:५२ गते २०७९ जेष्ठ १३, शुक्रबार २१:५२ गते

काठमाडौं, १३ जेठ​ – काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट २ तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्‍वर नगरपालिका-६ शेषमतबस्ने नुवाकोट विर नगरपालिका-१० भैसे घर भएका २२वर्षीय सुरेश नगरकोटी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त ज्वलेर्समा बैशाख २३ गते दिउँसो सुनको सिक्री किन्छु भनि २ तोलाको २ वटा सुनको सिक्री मागी सिक्री हेर्दा हेर्दै चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न सुरेश र चोरीको सिक्री खरिदमा संलग्न व्यक्तिसमेतलाई चोरी भएको सुनको सिक्री गाल सकेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *