काठमाडौं, १३ जेठ – बर्दिया, गुलरिया नगरपालिका-११ डल्लापुरस्थित सडकमा मैनापोखरबाट गुलरियातर्फ जाँदै गरेको बा.१ ञ १९०३ नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका-११ बस्ने संजय यादवको छोरा ५ वर्षीय लवकुश यादवको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१० गुर्जेस्थित सडकमा रा.१ क ४७३ नम्बरको मिनी ट्रकले रा.५ प १५३ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदामोटरसाइकल चालक सोही उपमहानगरपालिका-१८ बस्ने २४ वर्षीय भाग कुमार पुनको मृत्यु भएको छ । मिनी ट्रकले ठक्कर दिँदा उक्त मोटरसाइकल रा.१ क १०१९ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका पुनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र बसका चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ ।
पर्सा, पर्सागढी नगरपालिका-४ भेडिया खोलास्थित सडकमा ना.६ त १७५९ नम्बरको ट्याक्टर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ११ वर्षीय सफराज देवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममामृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी(पूर्व), हुप्सेकोट गाउँपालिका-६ जवडाँडास्थित भित्री सडकमा लु.१ ज २२७२ नम्बरको बलेरो जिपको ठक्करबाट सोही ठाउँ बस्ने २६ वर्षीय महेन्द्र ढेँगा मगरको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0