सरकारी जग्गा समेत बैना गरी ठगी गर्ने व्यक्तिहरु पक्राउ

२०७९ जेष्ठ १३, शुक्रबार २१:५९ गते २०७९ जेष्ठ १३, शुक्रबार २१:५९ गते २०७९ जेष्ठ १३, शुक्रबार २१:५९ गते

काठमाडौं, १३ जेठ – सरकारी जग्गा समेत बैना गरी ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चागुनारायण नगरपालिका-७ बस्ने ७२वर्षीय केशव प्रसाद अधिकारी भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षीय ईश्वर गाईजु रहेका छन्

केशव प्रसाद अधिकारी समेतले भक्तपुर साविक सुडाल गावि मा रहेको विभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छ भनी झुक्याउनुका साथै किता नम्बर ३९९ क्षेत्रफल (०-४-०-० ) सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत रोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध नुसन्धान कार्यालयबाटखटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई भक्तपुर नगरपालिका- मालपोत गेटबाट पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको  लागि  जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *