धाक-धम्की दिई सात करोड रकम माग गरेको अभियोगमा पक्राउ

२०७९ जेष्ठ १३, शुक्रबार २२:०५ गते २०७९ जेष्ठ १३, शुक्रबार २२:०५ गते २०७९ जेष्ठ १३, शुक्रबार २२:०५ गते

काठमाडौं, १३ जेठ – योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई ७ करोड रूपैयाँ माग गरेको अभियोगमा जनालाई काठमाडौंका विभिन्न स्थानहरूबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका २१ वर्षीय सुजन आचार्य, काठमाडौं बुढानिलकण्ठ बस्ने कालिकोट सान्न त्रिवेणीगाउँपालिका- ठेगाना भएका २९ वर्षीय टेक वि, काठमाडौं कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना गाउँपालिका ठेगाना भएका २९ वर्षीय धर्मराज थापा, काठमाडौं कांडाघारी बस्ने काभे तेमाल गाउँपालिका- २ ठेगाना भएका ३३ वर्षीयउमेश भण्डारी, काठमाडौं रातोपुल बस्ने गुल्मी धुरकोट गाउँपालिका-२ ठेगाना भएका २९ वर्षीय बसन्ता खनाल,काठमाडौं सिनामंगल बस्ने चितवन भरतपुर महानगरपालिका-११ ठेगाना भएका ३२ वरषीय सुरज शर्मा र काठमाडौं सिनामंगल बस्ने काठमाडौं महानगरपालिका-९ ठेगाना भएका ३३ वर्षीय श्रवण कार्की रहेका छन् । उनीहरूले पीडितबाट उक्त रूपैयाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध नुसन्धान कार्यालयबाटखटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *