सवारी दुर्घटनामा २० जना घाइते

२०७९ जेष्ठ १३, शुक्रबार २२:१० गते २०७९ जेष्ठ १३, शुक्रबार २२:१० गते २०७९ जेष्ठ १३, शुक्रबार २२:१० गते

काठमाडौं, १३ जेठ – डोटी, सायल गाउँपालिका-१ तेल्परास्थित सडकमा सायलबाट दिपायलतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३३४ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी १२ मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार कैलाली गोदावरी नगरपालिका-४ बास्कोटा बस्ने ४२ वर्षीय राम प्रशाद ओझा समेत १५ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्चौकी मौवामा उपचार भइरहेको छ । घातेमध्य १ जनाको अवस्था गम्भ, १ जना मध्यम अन्य सामान्य रहेका छन् । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख, दैलेख नारायण नगरपालिका- दासेढुङ्गास्थित सडकमा बेस्तडाबाट दैलेखतर्फ जाँदै गरेको ना.५ च ३१४१ नम्बरको बलेरो जिप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार भगवतमाई गाउँपालिका-१ बस्ने २४ वर्षीया तुल्सा बिक सहित ५ जना घाते भएका छन् । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल दैलेख पठाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *