बालेनहरुको उदयले खोदलिएको प्रश्नका भंगालाहरु
नेपालका संसदवादी दलहरुमा यति बेला “बालेनहरुको उदयले” हल्ला-खल्ला र भागदौड मच्चाएको परिदृश्य यत्रतत्र देख्न पाईन्छ।पुर्वी नेपालको प्रदेश नं १ मा रहेको धरान उपमहानगर पालिकामा सामाजिक अभियानकर्ता हर्क सामपाङ राई,राजधानीको काठमाण्डौ महानगरपालिकामा ईन्जिनियर/ र्यापर बालेन्द्र उर्फ बालेन साह र सुदुरपश्चिम प्रदेशको कैलालीको धनगढी उपमहानगरपालिकामा व्यापारी/समाजसेवी गोपाल उर्फ गोपी हमाल बिना राजनैतिक दलबाट
उमेद्वार भएर मेयर पदमा निर्वाचित हुन पुगेकाछन्।यि र यस्ता घटनाक्रमहरुले सपाट रुपमा देखाएको चित्र भनेको नै भुमण्डलीकृत पुँजीवादी व्यवस्थाले निम्त्याएको “व्यक्तिवादी” अवधारणाको परिणाम हो।
व्यक्तिवाद र व्यक्तित्व विचको भ्रम
नेपाली समाजमा पुँजीवादले काफी भ्रम छर्न सफल भएको अवधारणा हो ‘व्यक्तिवाद’ र ‘व्यक्तित्व’ विचको निकटता।अङ्ग्रेजी शब्दको ‘INDIVIDUALISM’लाई उल्था गर्दा नेपालीमा ‘व्यक्तिवाद’ हुन जान्छ जुन ‘COLLECTISM’ अर्थात् ‘संगठनवाद’ को परस्पर विरोधी अवधारणा हो।सामाजिकिकरणमा एउटा ठुलो महत्व राख्ने विषय संगठनात्मक शैलीको राजनीतिक प्रणाली हो जसलाई व्यक्तिवादी जो स्वत: आत्मकेन्द्रीत र मनोगत हुने सम्भावना बोकेको प्रणालीले अहित मात्रै गर्दैन प्रत्युत्पादक समेत बन्न जान्छ।’व्यक्तित्व’ अर्थात् ‘PERSONALITY’ ‘व्यक्तिवाद’ संग र्याङकोठ्याङ नमिल्ने विषय त हुँदै हो तर आम जनमानसमा एकै प्रकारको हो भन्ने भाष्य निर्माण गरेको पाईन्छ।कुनै पनि व्यक्तिको स्वभाव,प्रभाव वा रुचिका हिसाबले अर्को व्यक्तिसँग हुन आउने फरकपनाले नै ‘व्यक्तित्व’ निर्माण हुनजान्छ जुन स्वभाविक हो ।
माथी उल्लेखित तिन घटनाक्रमहरुका बारे चर्चिनु पर्दा त्यि व्यक्तिहरुका आ-आफ्नै व्यक्तित्व त छँदैछ तर यस घटना घटित भईरहदा उनिहरुको व्यक्तिवादी चिन्तनको हाबी देखिन्छ।अझै अगाडी बढ्ने हो भने मत प्रकटीकरणको ट्रेन्ड हेर्दा लाग्छ समाज पनि व्यक्तिवादको दलदलमा फसि नै सक्यो।व्यक्तिवादी चिन्तनले कुनै पनि नेता वा शासकलाई ‘फाँसीवादी’ दिशा तर्फ धकेल्छ किनकी उक्त शासक नै सर्वेसर्वा हुने वातावरण यस्तो चिन्तनले क्रमिकरुपमा निर्माण गरिरहेको हुन्छ।नेपालका ठुल्ठुला राजनैतिक दलहरु पनि व्यक्तिवादी चिन्तनबाट ग्रसित भएकै कारण व्यक्तिवादको बाछिटा अहिले यहाँसम्म आएको तथ्यलाई नकार्ने स्थिति छैन।
गाउँशहरका चिया/भट्टी पसल होस् वा आलिसान रेस्टुरेन्टका जमघटमा ‘बालेनहरुको ईन्ट्री’ को चर्चा परिचर्चा र कारणहरु खोतलखातल गर्ने काममा यति बेला सबै अवव्यस्त भएको पाईन्छ।विभिन्न अड्कलबाजीहरु जस्तै:RECALL,NO VOTE को अधिकार नहुनु,राजनैतिक दल प्रतिको वितृष्णा वा निराशा,अन्तरघात,बालेनहरुका सामान्य सुधारोन्मुख कार्ययोजना,आदी ईत्यादी।यि र यस्ता अड्कलबाजीहरु त केवल सहायक कारणहरु मात्रै हुन् ।मुख्य विषयवस्तुको उठान हुन सकेको नै छैन किनकी यहाँ कारणको जरा खोजी होईन सतही र उडन्ते बहसबाट धारणा निमार्ण गर्दै गलत निष्कर्षमा पुग्ने परिपाटी व्याप्त छ हाबी छ।आम जनताको असन्तुष्टि केवल व्यक्ति,प्रवृति वा नेतृत्वमा छैन यो असन्तुष्टिको पराकाष्ठा त समग्र भुमण्लीकृत पुँजीवादी व्यवस्थाले ल्याएको समस्यामा केन्द्रित छ।
पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य सामाग्रीमा भईरहेको साप्ताहिक मुल्यवृद्धि,आयातित सामानको बिगबिगी ,बजारवादले निम्त्याएको उपभोक्तावादी संस्कृतिको प्रबर्द्धनिकरण,बैंकका चर्को ब्याजदरका किस्ता,निर्यातमा शुन्यप्राय बनेको व्यापार र यसले निम्त्याएको व्यापार घाटा र हायलकायल देशको अर्थतन्त्रले गर्दा सर्वहारा आमजनताले यो व्यवस्थाको विकल्प नखुट्याउँदा वैकल्पिक व्यक्तिलाई बाध्य भएर अभिमत प्रकट गरेको सत्य हो ।तर यो केवल क्षणभंगुर खुशी,उल्लास र पिसाबको न्यानोले प्रत्येक पन्चवर्षे नविन बालेनहरुले बिसको उन्नाइस पार्न त सक्षम होलान् तर मुलभुत यावत प्रश्नहरुको अनुत्तरित शृङ्खला अब शुरु हुनेवाला छ।
बालेनहरु कुन वर्गको प्रतिनिधित्व गर्दछन्?उनिहरुको प्रतिनिधित्वले भुइँमान्छेको स्वार्थ र सरोकारको प्रतिनिधित्व होला?सामान्य भौतिक पुर्वाधारका विकासे कार्ययोजना बाहेक नगरलाई स्वाधिन,उत्पादनमा आत्मनिर्भर र पर्यावरणको रक्षाको बारेमा उनिहरुको वैचारिकी के हो ?व्यक्तिवादको चंगोलबाट निस्किएर पुँजीवादको भुमरीबाट उछुट्टिएर समाजवादको गोरेटोमा समाहित हुने दार्शनिकी बोक्ने दुस्साहस र ल्याकत त्यि बालेनहरुले राख्न सक्लान् ?
प्रेम कुमार गैरे- केन्द्रीय सदस्य,
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल
Views: 0