विभिन्न हातहतियार सहित पक्राउ तथा बरामद

२०७९ जेष्ठ १४, शनिबार २१:३० गते २०७९ जेष्ठ १४, शनिबार २१:३० गते २०७९ जेष्ठ १४, शनिबार २१:३० गते

काठमाडौं, १४ जेठ – सुनसरी, ईटहरी उपमहानगरपालिका-४ स्थित गोपाल टोलबाट मेड इन युएसए
लेखिएको पेस्तोल १ थान, १ थान म्याग्जिन र लागूऔषध जस्तो देखिने २३ एम्पुल सहित
सोही ठाउँ बस्ने १९ वर्षीय धन बहादुर राई लगायत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त
हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-४ रोक्दिनबाट जिर्ण अवस्थामा रहेको १
थान भरुवा बन्दुक शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने राम बहादुर
श्रेष्ठको पुरानो घरमा बन्दुक फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय
सोलुखुम्बुबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *