सवारी दुर्घटनामा तीन जनाको मृत्यु

२०७९ जेष्ठ १४, शनिबार २१:३४ गते २०७९ जेष्ठ १४, शनिबार २१:३४ गते २०७९ जेष्ठ १४, शनिबार २१:३४ गते

काठमाडौं, १४ जेठ – धनुषा, गणेशमान चारनाथ नगरपालिका-६ गोदारस्थित सडकमा हाल नम्बर
नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका साइकलयात्री अन्दाजी
६० वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको
फुल कुमारी मेमोरियल अस्पताल कर्जाहा हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने
क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

कास्की, पोखरा महानगरपालिका-३२ मझुवास्थित सडकमा ना.७ ख २६८ नम्बरको
बस र ग.८ प ५०४ नम्बरको स्कुटर शुक्रबार साँझ एकआपसमा ठक्कर खाँदा स्कुटर चालक
सोही महानगरपालिका लामेआहाल बस्ने २० वर्षीय मनोज गुरुङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको
क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, बर्दिवास नगरपालिका-४ विश्वकर्मा चोकस्थित सडकमा ज.१० प ५०६०
नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका पुरुषको
शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शुभस्वस्थिक
अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका
मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *