बिभिन्न स्थानमा मृत अवस्थामा फेला

२०७९ जेष्ठ १४, शनिबार २१:३६ गते २०७९ जेष्ठ १४, शनिबार २१:३६ गते २०७९ जेष्ठ १४, शनिबार २१:३६ गते

काठमाडौं, १४ जेठ – काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ गोकर्ण डेरा गरी बस्ने दोलखा गौरीशंखर
गाउँपालिका-५ घर भएका ५५ वर्षीय ब्याजु शेर्पा शनिबार मृत अवस्थामा फेला परेका छन्
। यसैगरी काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वर चोकस्थित सडक पेटीमा हाल
नाम,थर, वतन नखुलेका अन्दाजी ४६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका
छन् ।

सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित सगरमाथा आधार शिविरमा
संखुवासभा मकालु गाउँपालिका-२ बस्ने ३६ वर्षीय आङदोर्ची शेर्पा शनिबार मृत अवस्थामा
फेला परेका छन् । सोमबार सेभेन समिट क्लब ट्रेकिङ्ग कम्पनी मार्फत सगरमाथा आरोहण
गर्न गएको र आरोहण गरी फर्कने क्रममा ८ हजार फिट उचाईमा हराई बेपत्ता भएका उनको
खोजी गर्ने क्रममा शव फेला परेको हो ।

खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले घर भई सोही
नगरपालिका-१ बस्ने ६३ वर्षीय मणिराम दाहाल आफू बस्ने घरको कोठामा शुक्रबार मृत
अवस्थामा फेला परेका छन् ।

नुवाकोट, बिदुर नगरपालिका-९ खड्काथोक बस्ने २६ वर्षीय कुमार शिवभक्ति आफ्नै
घर नजिकै रहेको खानेपानीको ट्याङ्कीको स्ल्याबमा शनिबार मृत अवस्थामा फेला परेका
छन् ।

झापा, बिर्तामोड नगरपालिका-५ स्थित सडक छेउमा मोरङ घर भएका अन्दाजी ७०
वर्षीय कालिया भन्ने पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, लमही नगरपालिका-७ बनघुस्रीस्थित राप्ती नदीमा हाल नाम, थर, वतन
नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *