अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

२०७९ जेष्ठ १५, आईतवार १६:४६ गते २०७९ जेष्ठ १५, आईतवार १६:४६ गते २०७९ जेष्ठ १५, आईतवार १६:४६ गते

काठमाडौं, १५ जेठ – काठमाडौं, दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नुर्फिन २ सय ९९ एम्पुल, फेनारगन २ सय ९७ एम्पुल र डाईजेपाम २ सय ९८ एम्पुल सहित भारत मोतिहारी घर भएका १९ वर्षीय अनरजित कुमार सहनीलाईशनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २२५५ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहा मसानघाटबाट करिब १५ ग्राम ९८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय दिपक भट्ट, १८ वर्षीय किशोर, २५ वर्षीय किशोर राना३५ वर्षीय कालु राम राना रहेका छन् । से.५ प २२०९ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-००९ प८१८ नम्बरको मोटरसाइकललाई लाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित कर्णाली बसपार्क नजि बझाङ होटल संचालन गरी बस्ने सोही उपमहानगरपालिका-२ घर भएका ५० वर्षीय मोहन सिह धामीलाई करिब ९० ग्राम अवैध लागूऔषध चरेश सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बिशेष चनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो

धनुषा, जनकपुर उपमहानगरपालिका-१२ स्थित जनकपुर विमानस्थलबाट करिब ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सिरहा मिर्चैया नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट बुद्ध एयरमा काठमाडौं जान लागेक उनलाई विमानस्थल सुरक्षा गार्ड जनकपुर धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

महोत्तरी, बर्दिवास नगरपालिका-११ खयरमारा र सर्लाही ईश्वरपुरको सिमाना बाँके खोलाको बाँधस्थित सडकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा आइतबार बिहान प्रहरीले बरामद गरेको छ । ना.२३ प १३४३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएपछि प्रहरीले मोटरसाइकल तलासी गर्दा उक्त लागूऔषध फेला पारेको हो ।  हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *