७७ जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

२०७९ जेष्ठ १६, सोमबार २१:०९ गते २०७९ जेष्ठ १६, सोमबार २१:०९ गते २०७९ जेष्ठ १६, सोमबार २१:०९ गते

काठमाडौं, १६ जेठ – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७७ जना प्रहरी
कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान
महाराजगंजको तत्वावधानमा रामशाहपथमा संचालित ट्राफिक नियन्त्रण तालिम १४३ औं
समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

उक्त ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा
सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले प्रशिक्षार्थीहरुलाई
पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले
तालिममा प्राप्त गरेको ज्ञान सिपलाई कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिँदै आफ्नो कामप्रति
समर्पण भई कुशल व्यवसायिक क्षमता प्रदर्शन गरी नागरिकमैत्री सेवा प्रदान गर्न
प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी निरीक्षक सरोज प्रजापतिले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै
गत फागुन २९ गतेदेखि संचालित ४५ कार्य दिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार
२ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान ६८ जना गरी कुल ७७ जना
प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *