काठमाडौं, १६ जेठ – भिजिट भिषामा नेपालबाट दुबई पठाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५
जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लम्जुङ राईनास नगरपालिका-३ ठेगाना भएका ४७ वर्षीय
मधुबिलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका-८ ठेगाना भएका ५४ वर्षीय होम
बहादुर खड्का, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३५ वर्षीया रंजना ढकाल
प्याकुरेल, रुपन्देही देवदह नगरपालिका-५ ठेगाना भएका ३० वर्षीय राजु भन्ने खुम बहादुर
बस्याल र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ टाउन प्लानिङ बस्ने ४० वर्षीय
सन्तोष प्याकुरेल रहेका छन् ।

दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसिको संचालक कोमलराज
उपाध्याय समेतको गिरोहले आमर्स गार्डमा ५ सय जनाको भ्याकेन्सी भएको, मासिक तलब ३
हजार दिराम सम्म पाउने बैदेशिक रोजगारमा लगाई दिने, सो वापत जनही ३ लाख ५०
हजार रूपैयाँ देखि ८ लाख रूपैयाँसम्म खर्च लाग्ने भनि फेसबुक वाट्सएप जस्ता सामाजिक
संजालको पेजमा भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडी बसेका र सर्वसाधारणलाई
विभिन्न मितिमा भिजिट भिषामा दुबईमा पुर्‍याई ९० दिनभित्र काममा लगाई दिन्छु भनि
विश्वासमा पारी काममा नलगाई बिचल्ली बनाई फरार भएका थिए । उक्त घटनामा संलग्न
उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले
सर्लाही, रुपन्देही र काठमाडौंका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको हो ।

नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी तथा नेपाल र दुबईस्थित
विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको र
हालसम्म ७६ जना पीडितहरुबाट २ करोड ४३ लाख ३६ हजार ८ सय १० रूपैयाँ ठगी
भएको खुल्न आएको छ ।

उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा
अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *