बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ जेष्ठ १६, सोमबार २१:५१ गते २०७९ जेष्ठ १६, सोमबार २१:५१ गते २०७९ जेष्ठ १६, सोमबार २१:५१ गते

काठमाडौं, १६ जेठ – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका-८ लिवाली बस्ने रामेछाप
सुनापाती गाउँपालिका-५ ठेगाना भएका ४६ वर्षीय कृष्णभक्त मानन्धरलाई सोमबार प्रहरीले
पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७८ पुस २ गतेको फैसलाले ३ दिन कैद
र ९ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरी फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान
कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-
१ नालाबाट पक्राउ गरेको हो ।

मानन्धरले २०७७ मंसिर १८ गते आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको
भन्ने जानी-जानी एनआइसी एसिया र माछापुच्छ्रे बैंक लिमिटेडमा रहेको खाताहरुबाट रकम
भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले
उनी उपर उक्त फैसला गरेको थियो ।

उनीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *