हत्यामा संलग्न रही फरार रहेका थप एक जना पक्राउ

२०७९ जेष्ठ १७, मंगलवार २०:४६ गते २०७९ जेष्ठ १७, मंगलवार २०:४६ गते २०७९ जेष्ठ १७, मंगलवार २०:४६ गते

काठमाडौं, जेठ – सिन्धुपाल्चोक जुगल गाउँपालिका- बराम्चे घर भएका ३५वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मकवानपुर बागमती गाउँपालिका-६ फापरबारी ठूलो कायर ठेगाना भएका वर्षीय दिपक लामा वाईबालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

दक्षिणकाली नगरपालिका- पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको सडिगलेकोस्थामा फेला परेको थियो । अनुसन्धानको क्रममा कान्छा लामा तामाङको हत्या भएको घटनामा संलग्न २ जनालाई जेठ ६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो साथै पक्राउ परेका व्यक्तिहरुको बयानको क्रममा दिपक लामा वाईबा पनि घटनामा संलग्न रहेको खुल् आएपछि उक्त कार्यालयबाट खटिएको प्रहरीले उनलाई समेत काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *