भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०७९ जेष्ठ १९, बिहीबार १३:३६ गते २०७९ जेष्ठ १९, बिहीबार १३:३६ गते २०७९ जेष्ठ १९, बिहीबार १३:३६ गते

बैतडी, जेठ – डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानबाट थानभरवा बन्दुक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४०वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका-४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्र बहादुर बिष्ट रहेका छन् । प्रहरी चौकी धामीगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई चौसालको जंगलबाट २ वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

वन कार्यालयसँग समन्वय गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *