काठमाडौं, १८ जेठ – काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ छहारीस्थितसडकमा बा.३ ख ५४३३ नम्बरको बसमा बा.८४ प ५५६० नम्बरको स्कुटर ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीया पुसी शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, कंचनरुप नगरपालिका-१२ रुपनगर चोकमा प्र.२-०३-००१ख ८२५ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ ।
धनकुटा, धनकुटा नगरपालिका-६ स्थित सडकमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.६ प १७५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ डेरा गरी बस्ने संखुवासभा खाँदवारी नगरपालिका-१० घर भएका २४ वर्षीय पुरन राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, ईच्छाकामना गाउँपालिका-४ स्थित धारापानी भन्ने स्थानमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीयपुरुषको गएराति मृत्यु भएको छ । सवारी साधनले ठक्कर दिई ती पुरूष मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ ।
रूपन्देही, शुद्धोधन गाउँपालिका-४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहाको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भिर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ कर्रापुलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीयपुरुषको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न शंकास्पद बस र मोटरसाइकललाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0