एन आर एन ए मेरिल्याड र अन्तराष्ट्रीय कलाकार संघ ईनास मेरिल्न्डको कलाकार संयोजनमा पुराना स्रष्टालाई सम्मान -नयांलाई प्रोत्साह “
भन्ने नाराका साथ वाल्टिमोरमा संगीतीक कार्यक्रम हुने भएको छ ।कार्यक्रममा खुल्ला नृत्य प्रतियोगीता तथा “वृहत कुन्ति – सिला संगीतीक साँझ “ हुने छ । सोही अवसर पारेर कला र कलाकारको सारथि अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज र मेरिल्याण्ड एरियामा बसोबास गर्नुहुने सबै कार्यक्रममा उपस्थित कलाकार तथा संघ संस्था द्वारा वरिष्ठ कलाकार कुन्ति सिला मोत्तानलाई सम्मान तथा भेटघाट कार्यक्रम रहने छ ।
वाल्टिमोरमा पहिलो पल्ट हुनलागेको उक्त कार्यक्रम राहुल के सी लक्ष्मण पौडेल र रमेश श्रेष्ठको संयोजन रहने छ ।विगतमा वाल्टिमोरमा संगीतीक कार्यक्रम हुने गरेपनि व्यक्ति वा संस्थाले आर्थिक संकलन गर्ने गरेको अवस्थामा यो कार्यक्रमले छुट्टै रनक ल्याएको छ । अन्तराष्ट्रीय कलाकार संघ ईनास ग्लोवल नृत्य संयोजक राहुल के सी र एन आर एन ए मेरिल्याड आर्ट एन्ड कल्चर डाइरेक्टर लक्ष्मण पौडेलका अनुसार युवालाई लक्षित गरि आयोजना गरिएको नृत्य प्रतियोगीता र एन आर एन ए मेरिल्न्ड र अन्तराष्ट्रीय कलाकार संघ ईनास मेरिल्न्डको संयोजन र कुन्ति – सिला संगीतीक कार्यक्रम सवै पहिलो पल्ट रहेकोले यो कार्यक्रमले वाल्टिमोर वासीमा नयॉ पाटोको सुरूवात गरेको कुरा वताउनु भयो ।
कार्यक्रमको आकर्षक नृत्य प्रतियोगीताको निर्णायकमा गोपाल चन्द्र लामिछाने (डाइरेक्टर ) दिनेश कार्की (डाइरेक्टर ) र अनु सुया श्रेष्ठ ( कलाकार ) रहनु हुने नमस्ते ईभेन्ट म्यनेजमेन्टले जानकारी गराएको छ । नेपाली कला संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्दै जानु पर्छ र नेपाली कला रहे ,कलाकारको गला रहने र नेपाली संकृती रहे नेपाली समाजको आकृती निर्धारण हुने भएकोले हाम्रो तर्फवाट पनि कार्यक्रम सफलताको कामना व्यक्त गर्दछौ ।
Views: 0